रूपान्तरणको एजेन्डाबीच देउवा प्रकरणमा थापामाथि प्रश्न

२०८२ फाल्गुन १३, बुधबार १२:२६

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा ले पूर्वसभापति शेरबहादुर देउवा को निवासमा पैसा जलेको भनिएको विषयमा आफू निर्णय दिने अवस्थामा नरहेको बताएका छन्। एक टेलिभिजन अन्तर्वार्तामा उनले उक्त विषयको सत्य–असत्यबारे निष्कर्ष निकाल्ने जिम्मा सम्बन्धित अनुसन्धान तथा कानुनी निकायको भएको स्पष्ट पारे।



थापाले कुनै पनि आरोप वा घटनामा व्यक्तिगत टिप्पणी गर्नु उपयुक्त नहुने धारणा राखेका छन्। तर, पार्टी रूपान्तरण र पारदर्शिताको एजेन्डा अघि सारेका नेताले संवेदनशील विषयमा स्पष्ट अडान नलिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ।
यता कांग्रेसका केही नेताहरूले भने अनुसन्धान प्रक्रियामा रहेको विषयमा सार्वजनिक टिप्पणी गर्नु उचित नहुने तर्क गर्दै थापाको बचाउ गरेका छन्। देउवा निवास प्रकरणबारे आधिकारिक निकायबाट विस्तृत विवरण सार्वजनिक भइसकेको छैन।

बिज्ञापन

बिज्ञापन

२०८२ फाल्गुन १३, बुधबार १२:२६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना