आचारसंहिता उल्लंघनको आरोपमा वडाध्यक्ष विवादमा कृषकका लागि आएको अनुदानको औषधी वितरण नगरी सडाइएको कृषकको गुनासो

२०८२ फाल्गुन १९, मंगलवार १०:३३

पर्वत । कुश्मा नगरपालिका–१४ का वडाध्यक्ष रुद्र मोहन रिमाल विरुद्ध आचारसंहिता उल्लंघन तथा कृषकका लागि आएको अनुदानको कृषि चुना वितरण नगरी सडाइएको कृषकहरूको आरोप लागेको छ।

बिज्ञापन

स्थानीय कृषकहरूले कृषिसँग सम्बन्धित अनुदानका औषधी समयमै वितरण नगरिँदा गोदाममै थन्किएर सडेको दाबी गरेका छन्। उनीहरूका अनुसार राज्यको करबाट खरिद गरी कृषकलाई सहयोग पुर्‍याउने उद्देश्यले पठाइएका सामग्री उपयोगविहीन बनाइनु गम्भीर लापरबाही हो।

बिज्ञापन

“कृषकका लागि आएको औषधी यसरी सडाएर फाल्न मिल्छ?” भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्। उनीहरूले सम्बन्धित निकायले घटनाबारे छानबिन गरी जिम्मेवार व्यक्तिमाथि आवश्यक कारबाही गर्न माग गरेका छन्।

यद्यपि यस् विषयमा वडाध्यक्ष रिमालको औपचारिक प्रतिक्रिया आउन बाँकी छ।
(भिडियो सामाग्री)

बिज्ञापन
२०८२ फाल्गुन १९, मंगलवार १०:३३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना