काठमाडौं । निर्वाचनको मौन अवधिमा हुन सक्ने सम्भावित चलखेल, मतदातालाई प्रभाव पार्ने गतिविधि तथा आचारसंहिता उल्लंघनका घटनालाई नियन्त्रण गर्न सादा पोशाकका प्रहरी खटाइएको प्रहरीले जनाएको छ।
बिज्ञापन
प्रहरी उच्च अधिकारीले समष्टि नेपाल मिडियासँग कुरा गर्दै मौन अवधिमा पैसाको चलखेल, मतदाता प्रभावित गर्ने प्रयास, अवैध प्रचार–प्रसार र समूहगत गतिविधि रोक्न विशेष निगरानी बढाइएको जानकारी दिए। उनका अनुसार संवेदनशील क्षेत्रहरूमा विशेष टोली परिचालन गरिएको छ भने आवश्यक परे थप सुरक्षा व्यवस्था कडा पारिनेछ।
बिज्ञापन
निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा कुनै पनि प्रकारको प्रचार–प्रसार, मत माग्ने गतिविधि तथा मतदातालाई प्रलोभन दिने कार्य दण्डनीय मानिन्छ। त्यसैले सुरक्षा निकायले गस्ती, निगरानी र सूचनाका आधारमा निगरानी तीव्र पारेको जनाएको छ।
प्रहरीले सर्वसाधारणलाई शंकास्पद गतिविधि देखिए तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ। निष्पक्ष, भयरहित र शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउनु नै प्राथमिकता रहेको प्रहरीको भनाइ छ।



प्रतिक्रिया दिनुहोस्