काठमाडौं । ललितपुरको भैंसीपाटी–सैंबु क्षेत्रमा निर्माण गरिएको नवनिर्मित मन्त्री निवास (क्वार्टर) जेनजी आन्दोलनका क्रममा ध्वस्त भएका थिए । आन्दोलनका क्रममा भएको क्षतिका कारण ती निवासहरू अहिले बस्न योग्य अवस्थामा छैनन्।
बिज्ञापन
सरकार गठनको प्रक्रिया चलिरहेको बेला नवनियुक्त मन्त्रीहरूलाई बस्नका लागि सरकारी निवासको अभाव देखिएको हो । सामान्यतया मन्त्रीहरूका लागि भैंसीपाटीस्थित उक्त क्वार्टरहरू प्रयोग गरिने भए पनि हाल ती संरचना प्रयोग गर्न नसकिने अवस्थामा छन्।
बिज्ञापन
यद्यपि यस परिस्थितिमा सरकारले नवनियुक्त मन्त्रीहरूलाई अस्थायी रूपमा भाडाको घरमा राख्ने विकल्पबाहेक अन्य सहज उपाय तत्काल नदेखिएको स्रोतले जनाएको छ।
सरकारले भने क्षतिग्रस्त मन्त्री निवासको मर्मत तथा पुनःनिर्माणबारे आवश्यक निर्णय गर्ने तयारी गरिरहेको जनाइएको छ।



प्रतिक्रिया दिनुहोस्