काठमाडौं। विष्णुदेवी मन्दिर परिसरलाई आधुनिक धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा निर्माण गरिँदैछ। ६४ शिवलिंगमध्ये ४९ औँ नम्बरको शिवलिंग रहेको यस क्षेत्रलाई आकर्षक पार्क तथा धार्मिक पर्यटन केन्द्रका रूपमा निर्माण गर्न लागिएको हो।
बिज्ञापन
चन्द्रागिरि नगरपालिका को गौरवको योजनाअन्तर्गत विष्णुदेवी क्षेत्रमा पार्क, विश्रामस्थल, पैदलमार्ग, हरियाली वातावरण, सौर्य बत्ती लगायतका पूर्वाधार निर्माण गरिने जनाइएको छ।
बिज्ञापन
सार्वजनिक गरिएको डिजाइनअनुसार क्षेत्रलाई व्यवस्थित गरी धार्मिक महत्व जोगाउँदै पर्यटकलाई आकर्षित गर्ने किसिमले विकास गरिनेछ। योजना सम्पन्न भएपछि विष्णुदेवी क्षेत्र धार्मिक आस्थाको केन्द्रसँगै आन्तरिक पर्यटनको नयाँ गन्तव्यका रूपमा समेत स्थापित हुने अपेक्षा गरिएको हो।



प्रतिक्रिया दिनुहोस्