काठमाडौँ । आज देशका अधिकांश भू–भागमा मौसम आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यकामा बिहान सामान्यदेखि आंशिक बदली रहे पनि दिउँसोपछि बादल बढ्ने सम्भावना रहेको छ।



मौसमविद्का अनुसार पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा आज अधिकतम तापक्रम करिब २७ डिग्री सेल्सियस र न्यूनतम तापक्रम करिब १२ डिग्री सेल्सियस रहने अनुमान छ।
बिज्ञापन
यस्तै, देशका उच्च हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। मौसममा आंशिक बदली रहे पनि देशका अधिकांश क्षेत्रमा सामान्य गतिविधि प्रभावित हुने अवस्था नरहेको मौसमविद्हरूले बताएका छन्।



प्रतिक्रिया दिनुहोस्