काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूका लागि अभिमुखीकरण प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ।
बिज्ञापन
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार उक्त कार्यक्रम चैत ३ र ४ गते बिहान १० बजेदेखि सुरु हुनेछ। कार्यक्रम काठमाडौं उपत्यकामा सञ्चालन गरिने जनाइएको छ।
बिज्ञापन
बुर्लाकोटीले नवनिर्वाचित सांसदहरूलाई तोकिएको मिति र समयमा बिहान ९ बजे नै कार्यक्रम स्थलमा उपस्थित भई तयारी अवस्थामा रहन आग्रह गरिएको जानकारी दिए।
संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न आवश्यक जानकारी, संसदीय प्रक्रिया तथा जिम्मेवारीबारे प्रशिक्षण दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको पार्टीले जनाएको हो।



प्रतिक्रिया दिनुहोस्