गगन थापाले पार्टी सभापतिबाट राजीनामा बुझाए

२०८२ चैत्र ५, बिहीबार ०७:५८

काठमाडौं । गगन थापा ले नेपाली कांग्रेसको सभापतिबाट राजीनामा दिएका छन्। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि उनले बुधबार उपसभापति विश्वप्रकाश शर्मा लाई राजीनामा बुझाएका हुन्।

बिज्ञापन

यसअघि काठमाडौं–४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही–४ बाट उम्मेदवार बनेका थिए। उनलाई डा अमरेशकुमार सिंह ले पराजित गरेका हुन्।

बिज्ञापन

चुनावी परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झन्डै दुई तिहाइ सिट जित्दा दोस्रो स्थानमा सीमित नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सिट मात्र हासिल गरेको छ।

निर्वाचन परिणाम सार्वजनिक भएसँगै राजीनामाको तयारीमा रहेका थापालाई पार्टीका विभिन्न तहका नेताहरूले पदमा रहन आग्रह गर्दै राजीनामा नदिन सुझाव र दबाब दिँदै आएका थिए।

बिज्ञापन
२०८२ चैत्र ५, बिहीबार ०७:५८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना