ओली पक्राउपछि च्यासल र माइतीघरमा तनाव, पत्रकारमाथि दुर्व्यवहार र कुटपिट

२०८२ चैत्र १४, शनिबार २१:५३

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लाई आज बिहान भक्तपुरको गुण्डुस्थित आफ्नै निवासबाट पक्राउ गरेपछि नेकपा एमालेले ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आपत्कालीन बैठक आयोजना गरेको थियो।

पार्टी कार्यालय च्यासलमा बैठक सकिएसँगै सञ्चारकर्मीहरूले जिज्ञासा राख्ने क्रममा केही पत्रकारमाथि एमालेको कार्यकर्ताले अभद्र व्यवहार गरिएको थियो । प्रत्यक्षदर्शीका अनुसार प्रश्न सोध्ने क्रममा उपस्थित केही पत्रकारहरूमाथि दुर्व्यवहार पनि गरिएको थियो।

बिज्ञापन

यद्यपि केपी शर्मा ओलीलाई पक्राउ गरिसकेपछि विरोध गर्न माइतीघर मण्डला पुगेका प्रदर्शनकारि एमाले कार्यकर्ताहरूले पत्रकारमाथि आक्रमण गरेको थियोे। सोहि प्रदर्शनका क्रममा केही सञ्चारकर्मीको क्यामेरा तोडफोड गरिएको तथा कुटपिटसमेत भएको थियो।

बिज्ञापन

यस् घटनाप्रति विभिन्न सञ्चारकर्मी संगठनहरूले आपत्ति जनाउँदै प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित पक्षसँग माग गरेका छन्। साथै, घटनाबारे सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न पनि आग्रह गरिएको छ।

बिज्ञापन
२०८२ चैत्र १४, शनिबार २१:५३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना