राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेशको अधिवेशन बैशाखमा ताेकियाे

२०८२ चैत्र १८, बुधबार ०८:३८

काठमाडौ । राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेशको अधिवेशन बैशाखकाे तेस्राे साता गर्ने निष्कर्षमा पुगेको छ । संस्थाकाे प्रदेश कार्यालय बालजु काठमाडौमा बसेकाे बैठकले ९ अाैँ वार्षिक साधारणसभा तथा चाैथाे बागमती प्रदेश अधिवेशन संघीय राजधानी काठमाडौमा बैशाखमा गर्ने निर्णय गरेको हाे ।

बिज्ञापन

कलाकार तथा कलाकर्मीहरुकाे एक बलियो संस्था राष्ट्रिय संगीतकर्मी संघ २०६२ मा स्थापित रहेर अमेरिका, बेलायत, युएई, मलेसिया, जापान, भारत लगायतको धेरै देशहरुमा र नेपालकाे सबै प्रदेश, ७० बढी जिल्लाहरु, प्राय नगर तथा गाउँपालिका साथै वडा स्तरसम्म शाखा उपशाखा विस्तार भएको संस्था बागमती प्रदेशले भने ९ वर्ष पूरा गर्ने भएको हाे। कलाकर्मीहरुकाे हकहितका निमित्त निरन्तर सेवामा समर्पित संस्थामा ३० हजार बढी सदस्यहरु रहेको बताएको छ ।

बिज्ञापन

यस प्रदेश अधिवेशन निकै राेचक बन्ने देखिन्छ । बागमती प्रदेशकाे नेतृत्वमा अध्यक्षका लागि अर्चना स्याङ्तान, करण तामाङ, दिनेश तामाङ र दावा फिन्जाे तामाङ प्रतिस्पर्धामा रहने संकेत देखेपछि संघमा चासाे बढेको छ ।

बिज्ञापन
२०८२ चैत्र १८, बुधबार ०८:३८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना