सिंहदरबार बदल्ने जिम्मेवारी जनताले दिएको हो : रवि लामिछाने

२०८२ चैत्र १९, बिहीबार १४:५७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले आफ्नो पार्टीलाई जनताले केवल सिंहदरबार चलाउने होइन, त्यसलाई रूपान्तरण गर्ने जिम्मेवारी दिएको बताएका छन्।

बिज्ञापन

उनले आफूहरूले परिवर्तनको अभियान सुरु गरिसकेको उल्लेख गर्दै अब प्रणाली सुधारको दिशामा अघि बढ्ने स्पष्ट पारे।
“हामीलाई सिंहदरबार चलाउन होइन, सिंहदरबार बदल्न दिएको हो। हामीले बदल्न सुरु गरिसकेका छौं,” लामिछानेले भने।

बिज्ञापन

त्यसैगरी उनले जनताप्रति केवल आभार प्रकट गरेर मात्रै नबस्ने प्रतिबद्धता जनाए। उनले मतदाताको विश्वासलाई व्यवहारमा उतार्दै जिम्मेवारी पूरा गरेर देखाउने बताए।
“म जनतालाई आभार मात्रै प्रकट गर्दिनँ। यो रोष्ट्रमबाट प्रतिज्ञा गर्छु—यो मतादेशको गुन हामी जिम्मेवारी पूरा गरेर तिर्छौं,” उनले जोड दिए।

लामिछानेको उक्त अभिव्यक्तिलाई वर्तमान राजनीतिक परिवेशमा परिवर्तनको संकेतका रूपमा हेरिएको छ।

बिज्ञापन
२०८२ चैत्र १९, बिहीबार १४:५७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना