काठमाडौं । प्रतिनिधि सभाका नवनियुक्त उपसभामुख रुबी कुमारी ठाकुरले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएकी छन्। उनलाई सभामुख डोलप्रसाद अर्यालले शपथ ग्रहण गराएका हुन्। शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन्द्र शाहलगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो।
बिज्ञापन
प्रतिनिधि सभामा शुक्रबार भएको मतदानमा ठाकुरले स्पष्ट बहुमत प्राप्त गर्दै उपसभामुख पदमा निर्वाचित भएकी हुन्। मतदानमा उनको पक्षमा २२९ मत परेको थियो भने विपक्षमा ५ मत परेको र २२ सांसद तटस्थ बसेका थिए। कुल २५६ सांसद मतदान प्रक्रियामा सहभागी भएका थिए।
बिज्ञापन
उपसभामुख पदका लागि भएको प्रतिस्पर्धामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सरस्वती लामाको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि ठाकुर निर्वाचित भएकी हुन्। बहुमत सांसदको समर्थन प्राप्त गर्दै उनले पद सुनिश्चित गरेकी हुन्।
![]()
श्रम संस्कृति पार्टीकी ठाकुर समानुपातिक प्रणालीमार्फत प्रतिनिधि सभामा प्रवेश गरेकी जेन–जेड पुस्ताकी सांसद हुन्। युवा प्रतिनिधित्वको रूपमा उनको चयनलाई समकालीन राजनीतिमा नयाँ पुस्ताको उदयका रूपमा समेत हेरिएको छ।




प्रतिक्रिया दिनुहोस्