आरेन राईको कडा चेतावनी : संविधानमाथि हस्तक्षेप सह्य हुँदैन

२०८२ चैत्र २७, शुक्रबार २१:२२

काठमाडौं । श्रम संस्कृति पार्टीका माननीय: आरेन राईले संविधान, संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रजस्ता मूल मूल्यमा कुनै प्रकारको दायाँबायाँ गर्न खोजिए कडा प्रतिकार गरिने चेतावनी दिएका छन्। प्रतिनिधि सभामा बोल्दै उनले यी आधारभूत मान्यतामाथि खेलबाड गर्ने प्रयास स्वीकार्य नहुने स्पष्ट पारे।

बिज्ञापन

उनले नेपालको संविधानले स्थापित गरेका व्यवस्थाहरूलाई कमजोर पार्ने वा उल्ट्याउने प्रयास भए त्यसविरुद्ध सशक्त रूपमा उभिने बताए। “संविधान, संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्र हाम्रो उपलब्धि हुन्, यसलाई कसैले पनि कमजोर बनाउन खोजे हामी चुप लागेर बस्दैनौँ,” उनले भने।

बिज्ञापन

माननीय: राईले देशको राजनीतिक स्थायित्व र समृद्धिका लागि संविधानको पूर्ण कार्यान्वयन अपरिहार्य रहेको उल्लेख गरे। उनले सबै राजनीतिक दललाई संवैधानिक मूल्यमान्यता संरक्षणमा एकजुट हुन आह्वान समेत गरे।

उनले पछिल्लो समय केही समूहबाट संघीयता र धर्मनिरपेक्षतामाथि प्रश्न उठाउने गतिविधि बढिरहेको भन्दै त्यसप्रति सचेत रहनुपर्ने धारणा राखे। यस्ता गतिविधिले मुलुकलाई पुनः अस्थिरतातर्फ धकेल्न सक्ने उनको भनाइ थियो।

बिज्ञापन
२०८२ चैत्र २७, शुक्रबार २१:२२ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना