ढिलासुस्ती गर्ने ठेकेदारलाई ब्ल्याकलिस्टमा राखिने गृहमन्त्री गुरुङको चेतावनी

२०८२ चैत्र २९, आईतवार १८:०४

(तस्वीर=AI)
काठमाडौं । गृहमन्त्री सुदन गुरुङ ले विकास आयोजनामा ढिलासुस्ती र गुणस्तरहीन काम गर्ने ठेकेदार कम्पनीलाई ब्ल्याकलिस्टमा राखिने चेतावनी दिएका छन्।

बिज्ञापन

गृहमन्त्री गुरुङले काठमाडौंको चन्द्रागिरि किसिपिडीबाट टोटिटोल हुँदै धादिङको झ्याप्लेखोला निस्कने निर्माणाधीन सुरुङमार्गको स्थलगत अवलोकन गर्दै यस्तो बताएका हुन्। उनले समयमै काम सम्पन्न नगर्ने र गुणस्तरमा सम्झौता गर्ने निर्माण कम्पनीहरूलाई कडा कारबाही गरिने स्पष्ट पारे।

बिज्ञापन

राजधानी भित्रिने तथा बाहिरिने मुख्य नाका नागढुंगामा निर्माणाधीन सुरुङमार्ग अझै सम्पन्न हुन सकेको छैन। उक्त सुरुङ सन् २०२३ अप्रिलमै सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि हालसम्म काम अधुरै रहेको छ।

जापानको सहुलियत ऋण सहयोगमा निर्माण भइरहेको उक्त आयोजना जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) मार्फत करिब १६ अर्ब ६३ करोड ६० लाख रुपैयाँ (१६ हजार ६ सय ३६ मिलियन येन) लागतमा अघि बढाइएको हो।

बिज्ञापन

धादिङ र काठमाडौंलाई जोड्ने यो सुरुङमार्ग सम्पन्न भएपछि नागढुंगाको सवारी जाम व्यवस्थापनमा महत्वपूर्ण राहत पुग्ने तथा यात्रा समयसमेत छोटिने आशा गरिएको हो ।

२०८२ चैत्र २९, आईतवार १८:०४ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना