सर्लाही । सर्लाही जिल्लाको हरिपूर्व नगरपालिका–५ खिलास्थित सडकखण्डमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बिज्ञापन
प्रहरीका अनुसार ग १ ख ७६५६ नम्बरको यात्रुबाहक बसले ना ४८ प ४०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो ।
बिज्ञापन
मृत्यु हुनेमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका–११ कान्तिबजार बस्ने वर्ष ३६ का पप्पु भन्ने श्याम ठाकुर रहेका छन् ।
दुर्घटनापछि बस चालक फरार रहेको प्रहरीले जनाएको छ । फरार चालकको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।




प्रतिक्रिया दिनुहोस्