गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिका–६ साहाघरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ।
बिज्ञापन
प्रहरीका अनुसार मदिरा सेवन गरेको अवस्थामा श्रीमान–श्रीमतीबीच विवाद हुँदा ४५ वर्षीय थमन बहादुर कुँवालले आफ्नी ४३ वर्षीया श्रीमती एनी कुँवालमाथि कुटपिट गरेका थिए। गम्भीर घाइते भएकी एनीको उपचारका क्रममा जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको प्रहरीले जनाएको छ।
बिज्ञापन
घटनापछि आरोपी थमन बहादुर कुँवाललाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।






प्रतिक्रिया दिनुहोस्