नुवाकोट । बेलकोटगढी नगरपालिका–८, जिलिङस्थित कल्याणीदेवी माध्यमिक विद्यालय ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा शतप्रतिशत नतिजा हासिल गर्दै उत्कृष्ट सफलता हात पारेको छ। विद्यालयबाट परीक्षामा सहभागी सबै २६ जना विद्यार्थी उत्तीर्ण भएका हुन्।
बिज्ञापन
विद्यालयका प्रधानाध्यापक बुद्धिप्रसाद पुडासैनी का अनुसार विद्यालयले गत वर्ष पनि नगरपालिकाभित्र उत्कृष्ट नतिजा ल्याएको थियो भने यस वर्ष समेत सो उपलब्धिलाई निरन्तरता दिन सफल भएको हो।
बिज्ञापन
यस वर्षको परीक्षामा छात्रा भवानी न्यौपाने ले ३.७१ जिपिए प्राप्त गर्दै विद्यालयतर्फबाट सर्वोत्कृष्ट नतिजा हासिल गरेकी छन्। अन्य विद्यार्थीहरूले पनि सन्तोषजनक नतिजा ल्याएको विद्यालयले जनाएको छ।


सामुदायिक विद्यालयप्रति अभिभावक तथा विद्यार्थीको आकर्षण बढिरहेका बेला विद्यालयले हासिल गरेको यो सफलता गुणस्तरीय शिक्षाको सकारात्मक संकेतका रूपमा हेरिएको छ। स्थानीयवासीहरूले विद्यालयको निरन्तर सुधार र मेहनतकै परिणामस्वरूप यस्तो उपलब्धि सम्भव भएको बताएका छन्।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्यामकुमार पुडासैनी ले उत्कृष्ट नतिजाका लागि शिक्षक, विद्यार्थी, अभिभावक तथा सम्पूर्ण विद्यालय परिवारलाई बधाई दिँदै आगामी दिनमा विद्यालयलाई अझ प्रभावकारी शैक्षिक संस्थाका रूपमा विकास गरिने बताएका छन्।




प्रतिक्रिया दिनुहोस्