नेपाली ब्रो प्रकरण: बालाजु बाइपासमा पीडित पक्ष र प्रहरीबीच झडप

२०८३ जेष्ठ २३, शनिबार १५:५८

काठमाडौं । नेपाली ब्रोका नामले चिनिने कुमार थापाले आफ्नी पूर्वश्रीमतीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरे पश्चात् प्रहरीले पक्राउ गरि प्रहरी कार्यालय बालाजु राखे पछि आज बाइपासस्थित प्रहरी वृत्त परिसर तनावग्रस्त बनेको छ।

बिज्ञापन

घटनापछि न्यायको माग गर्दै प्रहरी वृत्त पुगेका पीडित पक्षका आफन्त र समर्थकहरूले प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा प्रहरीसँग भनाभन हुँदै केहीबेर झडपसमेत भएका थिए।

बिज्ञापन

पीडित पक्षले घटनामा संलग्नलाई कडा कानुनी कारबाही गर्नुपर्ने माग गर्दै आक्रोश व्यक्त गरेका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले अतिरिक्त सुरक्षाकर्मी परिचालन गरेको थियो।

प्रहरीका अनुसार कुमार थापालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ। झडपका क्रममा केही व्यक्तिहरू सामान्य घाइते भएको जानकारी प्राप्त भए पनि यसको आधिकारिक पुष्टि हुन बाँकी रहेको प्रहरीले बताएका छन्।

बिज्ञापन
२०८३ जेष्ठ २३, शनिबार १५:५८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना