काठमाडौं । आफूलाई प्रहरी भन्दै नक्कली वाकी–टकी (Walkie-Talkie) देखाएर सर्वसाधारणलाई धम्क्याउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
बिज्ञापन
जिल्ला प्रहरी परिसर काठमाडौंले ४७ वर्षीय शैलेश डंगोललाई पक्राउ गरेको जनाएको छ। डंगोलले प्रहरीहरूले प्रयोग गर्ने वाकी–टकी जस्तो उपकरण देखाउँदै आफू प्रहरी भएको भन्दै सर्वसाधारणलाई धम्क्याउने तथा दादागिरी गर्ने गरेको आरोप छ।
बिज्ञापन
प्रहरीका अनुसार पक्राउ परेका डंगोलको साथबाट पत्रकारितासम्बन्धी परिचयपत्र समेत फेला परेको छ। उक्त परिचयपत्रको नवीकरण नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
![]()
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।




प्रतिक्रिया दिनुहोस्