धरान । सुनसरीको धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट करिब २१० किलो गाँजासहित पाँच जना पक्राउ परेका छन्।
बिज्ञापन
आज बिहान करिब ३ बजे दुईवटा स्कार्पियो गाडीमा गाँजा लोड भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले आठ वटा पोकामा राखिएको करिब २१० किलो गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो।
बिज्ञापन
प्रहरीका अनुसार पक्राउ गर्ने क्रममा गाँजा बोकेर भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
पक्राउ पर्नेमा सप्तरीका रामसागर कुमार यादव (२४), राजेन्द्रप्रसाद मण्डल (४५), राजकुमार शाह (५९), भारतको बिहारस्थित मधुबनी जिल्लाका सन्तोष ठाकुर (३८) र सुनसरीको धरान–११ का अमृत बिशुङ्खे (२१) रहेका छन्।
बिज्ञापन
उनीहरू बा.१ च ५०३८ र को.१ च ८१८२ नम्बरका दुईवटा स्कार्पियो गाडीसहित पक्राउ परेका हुन्।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया दिनुहोस्