टौखेलमा नेपाल संवत् ११४७ को अवसरमा न्हुदँ भव्य रूपमा सम्पन्न

२०८३ कार्तिक २६, बुधबार ००:१७

काठमाडौं ।चन्द्रागिरि पश्चिम भेगिय नेवा पुचः समूहको आयोजनामा चन्द्रागिरि नगरपालिका–९, टौखेल (तपख्य) मा नेपाल संवत् ११४७ को पावन अवसरमा न्हुदँ विशेष समारोहका साथ मनाइएको छ।

बिज्ञापन

नगरप्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपप्रमुख बसन्ती श्रेष्ठ, हास्यकलाकार मदनकृष्ण श्रेष्ठ, वडाध्यक्षहरू, सामाजिक व्यक्तित्व तथा स्थानीयको उपस्थिति रहेको थियो।

बिज्ञापन

कार्यक्रममा शुभकामना आदानप्रदान, मोटरसाइकल र्‍याली तथा सम्मान कार्यक्रम आयोजना गरिएको थियो। सो अवसरमा टौखेलका २० जना ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै हास्यकलाकार मदनकृष्ण श्रेष्ठ, स्थानीय प्रथम चिकित्सक, सगरमाथा आरोही, विभिन्न संघसंस्था तथा सामाजिक व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

मच्छेगाउँबाट सुरु भएको मोटरसाइकल र्‍याली ल्होखा, बोसीगाउँ, सतुंगल, कीर्तिपुर क्षेत्र, थानकोट, नागढुंगा, बलम्बु, नैकाप, तीनथानालगायतका स्थान परिक्रमा गर्दै टौखेलमा पुगेर समापन भएको थियो। र्‍यालीका क्रममा विभिन्न स्थानमा स्थानीय बाजागाजा, मण्डप तथा सगुनसहित स्वागत गरिएको थियो।

बिज्ञापन

२०८३ कार्तिक २६, बुधबार ००:१७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना