काठमाडौँ। चन्द्रागिरि नगरपालिका–७, बन्देवी गौचरणमा खैजडी भजन समितिद्वारा आयोजित देउसी–भैलो कार्यक्रममा समाजसेवी तथा उद्योगपति विष्णु श्रेष्ठले दक्षिणास्वरूप १० हजार रुपैयाँ दान गर्नुभएको छ।
बिज्ञापन
सोही कार्यक्रममा आयोजक समितिले श्रेष्ठलाई फूलमाला तथा टीका लगाएर भव्य स्वागत गरेको थियो। श्रेष्ठ स्वयं पनि देउसी–भैलो, नाचगान तथा सांस्कृतिक प्रस्तुतिमा सहभागी हुँदै स्थानीयसँग रमाउनुभएको थियो।
बिज्ञापन
उक्त कार्यक्रममा सहभागी स्थानीयवासीहरूले भने जनता सग घुलमिल हुन सक्ने, जनताका सुख–दुःखमा सहभागी हुने र जनतासँगै रमाउन सक्ने नेतृत्व नै अबको आवश्यकता रहेको धारणा व्यक्त गरेका थिए।
यद्यपि कार्यक्रममा बोल्दै श्रेष्ठले हाम्रो कला, संस्कृति, मौलिकता र परम्पराको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो। साथै, यस्ता सांस्कृतिक कार्यक्रम आयोजना गरी मौलिक परम्परालाई निरन्तरता दिएकोमा आयोजक समितिलाई धन्यवाद व्यक्त गर्नुभयो।
बिज्ञापन
साथै कार्यक्रममा सहभागी कलाकारहरूले गीतमार्फत श्रेष्ठको सामाजिक योगदानको प्रशंसा गरेका थिए। खैजडी भजन समितिको आयोजनामा भएको उक्त देउसी–भैलो कार्यक्रम आज उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो।
तस्वीरहरु=








प्रतिक्रिया दिनुहोस्