काठमाडौं। दीपावलीको रौनकसँगै भाइटिकाको पूर्वसन्ध्यामा काठमाडौंको चन्द्रागिरि नगरपालिका–थानकोट चोकमा मिठाई किन्ने ग्राहकहरूको चहलपहल बढेको छ। दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयताको प्रतीक भाइटिकालाई लक्षित गर्दै मिठाई पसलहरूमा ग्राहकको भीड लागेको हो।
बिज्ञापन
गत वर्षको तुलनामा यस वर्ष मिठाई किन्ने ग्राहकको सङ्ख्यामा वृद्धि भएको मिठाई व्यवसायी सुनिता श्रेष्ठले बताइन्।
बिज्ञापन
श्रेष्ठका अनुसार ग्राहकको स्वास्थ्यलाई मध्यनजर गर्दै सरसफाइमा विशेष ध्यान दिई गुणस्तरीय मिठाई उचित तथा सबैको पहुँचमा पुग्ने मूल्यमा बिक्री गरिँदै आएको छ। साथै, मिठाई खरिद गर्न आउने ग्राहकहरू आफूहरूले प्रदान गर्दै आएको सेवा र गुणस्तरप्रति सन्तुष्ट रहेको उनको भनाइ छ।
तिहार र भाइटिकाको अवसरमा मिठाईको माग बढेसँगै थानकोट क्षेत्रका बजारमा पनि चाडपर्वको रौनक थपिएको छ।




प्रतिक्रिया दिनुहोस्