३४ करोड कर्जा दुरुपयोगको आरोपमा पक्राउ पुर्जी जारी, पूर्वमुख्यमन्त्री इन्द्र बानियाँ कहाँ गायब भए? प्रहरी खोजीमा

२०८३ मंसिर ७, आईतवार ०७:३३

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएपछि बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेसका नेता इन्द्र बानियाँ सम्पर्कविहीन भएको खबर सार्वजनिक भएको छ। उच्च प्रहरी स्रोतका अनुसार उनी केही दिनयता परिवारको समेत सम्पर्कमा छैनन्।

बिज्ञापन

नेपाल राष्ट्र बैंकको जाहेरीका आधारमा बानियाँलाई पक्राउ गर्न अदालतबाट अनुमति प्राप्त भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) स्रोतले जनाएको छ। उनको खोजीका लागि प्रहरी टोली परिचालित भइसकेको बताइए पनि उनी कहाँ छन् र पक्राउ परे वा नपरेको विषयमा प्रहरीले अहिलेसम्म स्पष्ट जानकारी सार्वजनिक गरेको छैन।

बिज्ञापन

बानियाँमाथि विभिन्न चारवटा वाणिज्य बैंकबाट ‘भूगर्भ सिमेन्ट कम्पनी’ का नाममा लिइएको करिब ३४ करोड रुपैयाँ कर्जा दुरुपयोग गरेको आरोप छ।

यसै प्रकरणमा उनका छोरा दीक्षान्त र भाइ ऋषि पक्राउ परिसकेका छन्। छोरा पक्राउ परेपछि उनलाई भेट्न पुगेका काका ऋषिसमेत भोलिपल्ट पक्राउ परेको बताइएको छ।

बिज्ञापन

परिवारका सदस्यहरू पक्राउ परिसक्दा पूर्वमुख्यमन्त्री बानियाँ भने सम्पर्कविहीन रहेको समाचारले घटनालाई थप रहस्यमय बनाएको छ।

२०८३ मंसिर ७, आईतवार ०७:३३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना