विकास कि बजेट दोहन? बेथानचोकको नारायण खोलामा अनौठो पुलले उठायो गम्भीर प्रश्न

२०८३ मंसिर ७, आईतवार ०६:५९

काभ्रे ।  काभ्रेपलाञ्चोक  बेथानचोक गाउँपालिका वार्ड नं ३ स्थित नारायणखोलामा निर्माण गरेको एउटा पुल अहिले चर्चाको विषय बनेको छ। पुलको बनावट र प्रयोग गर्ने संरचना हेर्दा स्थानीयले यसलाई व्यङ्ग्यात्मक रूपमा ‘टावर पुल’ नाम दिएका छन्।

बिज्ञापन

पुलमाथि पुग्नसमेत छुट्टै काठको भर्‍याङ प्रयोग गर्नुपर्ने अवस्था रहेको छ। अझ चिन्ताजनक पक्ष, पुल निर्माण सम्पन्न नहुँदै खोलाले पुलको आधार (बेस) कटान गर्न थालेको स्थानीयको भनाइ छ।

बिज्ञापन

स्थानीयवासीले पुल निर्माणको डिजाइन, गुणस्तर, लागत र औचित्यमाथि प्रश्न उठाउँदै राज्यको बजेटको प्रभावकारी उपयोग नभएको आरोप लगाएका छन्।

उनीहरूका अनुसार विकासका नाममा राज्यको ढुकुटी खर्च गर्ने तर जनताले उपयोग गर्न नसक्ने संरचना निर्माण गर्ने प्रवृत्तिको अब अन्त्य हुनुपर्छ।

बिज्ञापन

स्थानीयले आगामी निर्वाचनमा यस्ता योजनाको जिम्मेवारी लिने नेता, जनप्रतिनिधि तथा सम्बन्धित पक्षको कामको निष्पक्ष मूल्याङ्कन गर्नुपर्ने बताएका छन्।

‘विकासका नाममा राज्यको स्रोत दोहन गर्ने प्रवृत्तिविरुद्ध अब जनता सचेत र जवाफदेही हुनुपर्छ,’ स्थानीयको भनाइ छ।

यस विषयमा सम्बन्धित निकायले पुल निर्माणको प्राविधिक अवस्था, लागत, गुणस्तर र योजनाको औचित्यबारे छानबिन गरी वास्तविकता सार्वजनिक गर्न आवश्यक देखिन्छ।

२०८३ मंसिर ७, आईतवार ०६:५९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना