नेपाली सेनाले राष्ट्रपतिसँग वार्ताको लागि माग्यो जेनजीका प्रतिनिधिको नाम

२०८२ भाद्र २५, बुधबार ०६:०४

काठमाडौँ । अन्तरिम सरकार गठनका लागि नेपाली सेनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग हुने वार्तामा बस्नका लागि जेनजी समूहसँग प्रतिनिधिको मागेको छ ।
अहिले जेनजीका विभिन्न समूहले छलफलका लागि नाममा पठाउन थालेका छन् । उनीहरुले राजनीतिका तथा अर्थतन्त्रका जानकार व्यक्तिहरु सम्मिलत प्रतिनिधिहरु पठाउने तयारी गरेका छन् ।

बिज्ञापन

हिजो मंगलबार मात्र राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गर्दै वार्तामा आउन आह्वान गरेका थिए। त्यस्तै नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले पनि भिडिओ सन्देश जारी गरी आन्दोलन रोकेर वार्तामा आउन आग्रह गरेका थिए।

बिज्ञापन

नेपाली सेनाको सहजीकरणमा वार्ता गर्ने र निकासको खोजी गर्ने तयारी भइरहेको छ। बालेन शाहले संसद विघटन गरेपछि सेना प्रमुखसँग वार्ता हुनुपर्ने र जेनजी प्रतिनिधिसहितको नागरिक सरकार बन्नुपर्ने सामाजिक सञ्जालमा लेखेका थिए। त्यसैले वार्ताको ढाँचा र निकासको मार्गचित्र अहिलेसम्म स्पष्ट भइसकेको छैन।

बिज्ञापन
२०८२ भाद्र २५, बुधबार ०६:०४ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना