विष्णु रिजाल फलेवास नगर सभापति चयन, रा.स्व.पाको संरचना मजबुत

२०८२ मंसिर २२, सोमबार १७:४३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा) पर्वतको फलेवास नगर समितिको पदपूर्ति कार्य सम्पन्न भएको छ। नवगठित समितिमा विष्णु प्रसाद रिजाल सभापति, डिल्लीराम भुषाल उपसभापति तथा बम प्रसाद शर्मा सचिवमा चयन भएका छन्। सो समितिमा गरी नौ सदस्यीय संरचना पूर्ण गरिएको पार्टीले जनाएको छ।

बिज्ञापन

त्यसकै साथै, फलेवास नगरभित्रका तीन वटा वडा तदर्थ समिति पनि निर्माण कार्य सम्पन्न गरिएको छ। संगठन विस्तारसँगै स्थानीय संरचनालाई सक्रिय बनाउन समितिहरू गठन गरिएको पार्टी स्रोतले जनाएको छ।



यस्तै, फलेवास नगरपालिका स्तरीय र्यापिड एक्शन टिम (RAT) प्रमुखमा प्रेम थापालाई जिम्मेवारी प्रदान गरिएको छ। संगठन विस्तार र परिचालनमा थापाको नेतृत्व महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

बिज्ञापन

२०८२ मंसिर २२, सोमबार १७:४३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना