काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का काठमाडौं क्षेत्र नम्बर १० बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप बिष्टले आज मातातिर्थस्थित सेतिदेवी मन्दिरमा पूजा–अर्चना गरेका छन्।
बिज्ञापन
उक्त कार्यक्रमको आयोजना समाजसेवी तथा सामाजिक अभियन्ता सुदर्शन पन्तले गरेका थिए।
बिज्ञापन
निर्वाचन जितेपछि निर्वाचन अधिकृतबाट प्राप्त गरेको प्रमाणपत्र बिष्टले मन्दिरमा पूजा–पाठ गराई सेतिदेवी मन्दिरका पुजारीको हातबाट ग्रहण गरेका थिए।
पूजा–अर्चनापछि बोल्दै बिष्टले आफू जनताको सेवाका लागि निर्वाचित भएको उल्लेख गर्दै जनताको अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे। “हामी जनताको सारथि हौँ। हामीलाई काम गर्न जनताले नै पठाएका हुन्, त्यसैले इमानदारीका साथ काम गर्छौँ,” उनले भने।
बिज्ञापन
बिष्टले काठमाडौं क्षेत्र नम्बर १० मा देखिएका बेथिति र भ्रष्टाचारलाई निरुत्साहित गर्दै सुशासन स्थापित गर्ने दिशामा काम गर्ने पनि बताएका छन्।






प्रतिक्रिया दिनुहोस्