रवि लामिछाने र बालेन शाहबीच सानो मन्त्रिपरिषद् गठनबारे प्रारम्भिक छलफल

२०८२ फाल्गुन ३०, शनिबार ११:२७

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने र वरिष्ठ नेता बालेन शाह बीच आगामी मन्त्रिपरिषद् गठनको विषयमा प्रारम्भिक छलफल सुरु भएको छ।

बिज्ञापन

स्रोतका अनुसार नयाँ सरकार गठनसँगै सानो र चुस्त मन्त्रिपरिषद् बनाउने विषयमा दुबै नेताबीच प्रारम्भिक समझदारी जुटाउने प्रयास भइरहेको छ। हालसम्म भने कुनै पनि मन्त्रीको नाम औपचारिक रूपमा टुंगो लागेको छैन।

बिज्ञापन

करिब १५ जनाको हाराहारीमा सीमित राखेर मन्त्रिपरिषद् गठन गर्ने प्रारम्भिक योजना बनाइँदै गरेको बताइएको छ। प्रशासनिक खर्च घटाउने, निर्णय प्रक्रियालाई छिटो बनाउने र प्रभावकारी शासन सञ्चालन गर्ने उद्देश्यका साथ सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी भइरहेको स्रोतको दाबी छ।

यद्यपि मन्त्रिपरिषद्को अन्तिम संरचना र मन्त्रीहरूको नामबारे थप छलफलपछि मात्रै औपचारिक निर्णय हुने बताइएको छ।

बिज्ञापन
२०८२ फाल्गुन ३०, शनिबार ११:२७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना