काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह को शपथ ग्रहण सम्पन्न भएसँगै देशभर विभिन्न प्रतिक्रिया र शुभकामना व्यक्त भइरहेका छन्। यसैक्रममा सामाजिक तथा धार्मिक अभियन्ता हरि महत ले काठमाडौँको चन्द्रागिरी नगरपालिको,थानकोट चेक पोस्ट अगाडी नेपालको नक्सा बनाउँदै दीप प्रज्वलन गरेका छन्।


महतले देशमा शान्ति, सुशासन र अमनचयनको कामना गर्दै दीप प्रज्वलन गरिएको बताएका छन्। उनका अनुसार नयाँ नेतृत्वबाट देशमा सकारात्मक परिवर्तनको अपेक्षा गरिएको छ।
बिज्ञापन
अभियन्ता महतले प्रधानमन्त्री शाह युवा र इन्जिनियर पृष्ठभूमिका व्यक्ति भएकाले अब देशलाई योजनाबद्ध तथा डिजाइनिङ तरिकाले अगाडि बढाउने विश्वास व्यक्त गरे। “बालेन्द्र शाह एक सक्षम युवा हुन्, अब देशलाई व्यवस्थित ढंगले विकास गर्नेछन्,” उनले भने।
बिज्ञापन
उनले नयाँ सरकारबाट जनताका अपेक्षा पूरा हुने र मुलुक समृद्धिको दिशामा अघि बढ्ने विश्वास समेत व्यक्त गरेका छन्।




प्रतिक्रिया दिनुहोस्