प्रतिनिधिसभाका नवनिर्वाचित सांसदद्वारा शपथ ग्रहण

२०८२ चैत्र १२, बिहीबार १४:५९

काठमाडौँ, चैत १२ प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले बिहीबार शपथ ग्रहण गरेका छन्। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले सांसदहरूलाई शपथ गराएका हुन्।


निर्माणाधीन संघीय संसद् भवनस्थित बहुउद्देश्यीय सभाकक्षमा आयोजित कार्यक्रममा सांसदहरूले संविधानप्रति पूर्ण निष्ठा र जनताप्रति उत्तरदायी रहने प्रतिबद्धता व्यक्त गर्दै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बिज्ञापन

शपथको क्रममा सांसदहरूले मुलुक र जनताप्रति पूर्ण बफादार रहने, नेपालको सार्वभौमसत्ता तथा राजकीय सत्ता नेपाली जनतामा निहित रहेको मान्यता कायम राख्ने र नेपालको संविधान प्रति निष्ठावान रहने प्रतिज्ञा गरेका छन्।

बिज्ञापन

२०८२ चैत्र १२, बिहीबार १४:५९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना