काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि गृहमन्त्री सुधन गुरुङ ले प्रतिक्रिया दिएका छन् ।


यद्यपि आफुले सञ्चालन गरिएको अपरेसन सफल भएको उल्लेख गर्दै गृहमन्त्री गुरुङले स्पष्ट पारे, “कानुनभन्दा माथि कोही छैन, यो प्रतिशोध होइन, न्यायको सुरुवात हो।”
बिज्ञापन
पूर्व गृहमन्त्री रमेश लेखक सहित पक्राउ प्रक्रिया अगाडि बढेसँगै देश अब नयाँ दिशातर्फ अघि बढ्ने उनको दाबी छ ।
बिज्ञापन
गुरुङले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिइएको उल्लेख गर्दै भने, “भ्रष्टको नामोनिशाना मेटाइनेछ, अब कसैलाई डराएर छाड्ने र कसैले समात्ने छुट छैन।”
युवा गृहमन्त्रीको यो कदमलाई वर्तमान सरकारको पहिलो ठूला एक्सनका रूपमा हेरिएको छ । यसले शक्तिशाली मानिएका नेतासमेत कानुनी दायरामा आउने सन्देश दिएको विश्लेषण गरिएको छ ।




प्रतिक्रिया दिनुहोस्