रास्वपा सांसद डिपी अर्यालले दिए पार्टीबाट राजीनामा

२०८२ चैत्र १५, आईतवार ०६:१७

काठमाडौं । नेपालको संविधानअनुसार सभामुख पद निष्पक्ष र दलरहित हुनुपर्ने प्रावधानअनुसार डीपक अर्याल ले आफ्नो पार्टी सदस्यताबाट राजीनामा दिएका छन् !

बिज्ञापन

नवगठित सरकारमा सभामुखको जिम्मेवारी सम्हालेपछि उनले संविधानको मर्म र व्यवस्था अनुसार आफू कुनै पनि राजनीतिक दलसँग आबद्ध रहन नहुने भएकाले यस्तो निर्णय लिएको जनाइएको छ।

बिज्ञापन

नेपालको संविधानले सभामुखलाई संसदको निष्पक्ष संरक्षकको रूपमा परिभाषित गरेको छ, जसका लागि दलगत सदस्यता त्याग्नुपर्ने स्पष्ट व्यवस्था गरिएको छ। सोही संवैधानिक प्रावधान पालना गर्दै अर्यालले पार्टीबाट अलग हुने निर्णय गरेका हुन्।

उनको यो कदमलाई संवैधानिक अभ्यासको सम्मान तथा संसदीय मर्यादा कायम राख्ने प्रयासका रूपमा हेरिएको छ। साथै, यसले संसद सञ्चालनमा निष्पक्षता र विश्वास कायम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

बिज्ञापन
२०८२ चैत्र १५, आईतवार ०६:१७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना