काठमाडौं। गृहमन्त्री सुधन गुरुङ ले पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का लाई निवासबाट बरामद भएको रकमसम्बन्धी अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिएका छन्।
बिज्ञापन
आइतबार बिहान खड्कालाई नियन्त्रणमा लिइएको हो। सामाजिक सञ्जालमार्फत गृहमन्त्री गुरुङले २४ भदौको जेनजी आन्दोलनका क्रममा खड्काको निवासबाट बरामद भएको रकमको अनुसन्धानका सिलसिलामा उनलाई पक्राउ गरिएको बताएका हुन्।
बिज्ञापन
उक्त आन्दोलनका क्रममा खड्काको घरमा प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेका थिए। आगजनीपछि घरभित्र नेपाली तथा विदेशी मुद्रा जलेको अवस्थाका भिडियोहरू सार्वजनिक भएका थिए। केही सग्ला नोट प्रदर्शनकारीले लगेको तस्बिर तथा भिडियोसमेत सामाजिक सञ्जालमा देखिएका थिए।

यस प्रकरणमा भेटिएको जलेको रकमबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले अनुसन्धान अघि बढाइरहेको छ। विभागले यसअघि नै खड्काको घरबाट जलेका नोटका टुक्रा तथा वरपरको खरानी संकलन गरी परीक्षण गरिसकेको जनाएको छ।





प्रतिक्रिया दिनुहोस्