उपत्यकामा अपराधका घटना बढ्दो: चन्द्रागिरीमा अज्ञात पुरुषको कंकाल फेला

२०८२ चैत्र २९, आईतवार ०८:४५

काठमाडौं । उपत्यकामा पछिल्लो समय अपराधका घटनाहरू बढ्दै गइरहेका बेला चन्द्रागिरी नगरपालिकामा एक अज्ञात पुरुषको कंकाल फेला परेको छ।

बिज्ञापन

चन्द्रागिरी नगरपालिका–२ बाणभन्ज्याङस्थित वडा कार्यालय पछाडिको मसिने जाने बाटो नजिक देउराली चण्डिका देवी मन्दिर मुनिको जङ्गल क्षेत्रमा उक्त कंकाल भेटिएको हो। स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

बिज्ञापन

घटनास्थलमा प्रहरी वृत्त थानकोट बाट खटिएका प्रहरी निरीक्षक अजय जंग थापाको टोली पुगिसकेका छन् भने कंकाल नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया थालेको छ। हालसम्म कंकालको पहिचान खुल्न नसकेको र मृत्युको कारणबारे पनि यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ भने विस्तृत विवरण आउन बाँकी छ।

बिज्ञापन
२०८२ चैत्र २९, आईतवार ०८:४५ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना