चन्द्रागिरिमा स्थानीय सरोकारबारे सांसद विष्टसँग छलफल

२०८३ बैशाख ८, मंगलवार ०६:२०

काठमाडौं । चन्द्रागिरि हाइकर्स कम्युनिटीले संघीय सांसद प्रदीप विष्ट सँग चन्द्रागिरि नगरपालिकाभित्रका विभिन्न स्थानीय सरोकारका विषयमा छलफल गरेको छ।

बिज्ञापन

लामो समयदेखि संस्कृति, सम्पदा, प्रकृति तथा वातावरण संरक्षणका क्षेत्रमा सक्रिय चन्द्रागिरि हाइकर्स कम्युनिटीले सांसद विष्टको प्रमुख उपस्थितिमा नगरपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरूको प्रकृति, चुनौती र सम्भावित समाधानका विषयमा अन्तरक्रिया आयोजना गरेको हो।

बिज्ञापन

छलफलमा शिक्षा, स्वास्थ्य, सहकारी, वातावरण र स्थानीय उत्पादनसँग सम्बन्धित विभिन्न क्षेत्रका व्यवसायीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले आफ्ना समस्याहरू, नीतिगत जटिलता तथा व्यवसाय सञ्चालनका क्रममा भोग्नुपरेका कठिनाइबारे खुला रूपमा धारणा राखेका थिए।

चन्द्रागिरि हाइकर्स क्याफेमा आयोजित कार्यक्रममा व्यवसायीहरूले स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणमा नीतिगत अस्पष्टताले समस्या सिर्जना गरिरहेको उल्लेख गरेका थिए।

कार्यक्रममा सांसद विष्टले आफ्नो कार्यकालमा क्षेत्रका सबैखाले समस्याहरूको समग्र अध्ययन गरी आवश्यक नीति निर्माणमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

Oplus_131106

बिज्ञापन
२०८३ बैशाख ८, मंगलवार ०६:२० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना