काठमाडौं । वैदेशिक रोजगार विभागले पश्चिम एसियामा उत्पन्न विशेष परिस्थितिलाई मध्यनजर गर्दै केही देशहरूमा श्रम स्वीकृति सम्बन्धी नयाँ निर्णय सार्वजनिक गरेको हो।
बिज्ञापन
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको विभागले जारी गरेको सूचनाअनुसार साउदी अरेबिया, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायल लगायतका देशहरूमा अस्थायी रूपमा श्रम स्वीकृति खुला गरिएको छ।
बिज्ञापन
विभागका अनुसार मन्त्रिस्तरीय निर्णयअनुसार उक्त देशहरूमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरिएको हो। साथै, इराकबाहेक अन्य देशहरूको हकमा व्यक्तिगत, संस्थागत तथा वैधानिकीकरण प्रक्रियामार्फत श्रम स्वीकृति पूर्ववत् अवस्थामै खुला गरिएको जनाएको छ।
![]()
इराकको हकमा भने नेपाल सरकार, मन्त्रिपरिषद्को छुट्टै निर्णयअनुसार मात्रै श्रम स्वीकृति प्रदान गरिने व्यवस्था यथावत् राखिएको छ।

विभागले सम्बन्धित सबै सरोकारवालालाई उक्त निर्णयबारे जानकारी गराउँदै आवश्यक प्रक्रिया पूरा गरेर मात्र वैदेशिक रोजगारीमा जान अनुरोध गरेको छ।






प्रतिक्रिया दिनुहोस्