काठमाडौँ । अब सरकारले सहकारी पीडितहरुको बचत रकम फिर्ताका लागि नयाँ कार्यविधि ल्याएको छ । सरकारले ‘समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रीय कोष स्थापना तथा सञ्चालन कार्यविधि, २०८३ ल्याएको हो । उक्त कार्यविधि नेपाल राजपत्रमा समेत प्रकाशित भइसकेको छ ।
बिज्ञापन
साथै रास्वपाले चुनावमा जानुअघि नै आफ्नो बाचापत्रमा सरकार बनेको १०० दिन भित्र सहकारी पीडितको रकम फिर्ता गर्ने बताएको थियो । करिब २ तिहाइ नजिकको जनमत प्राप्त गरेको रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा सरकार बनेलगत्तै पहिलो दिन नै शासकीय सुधारका १०० बुँदा पारित भएको थियो । त्यसको ९९ औँ बुँदामा सहकारी पीडितका रकम फिर्ताको बारेमा उल्लेख छ ।
बिज्ञापन
उक्त बुँदामा लेखिएको छ, ‘सहकारीका साना बचतकर्ताहरुको बचत फिर्ताको प्रक्रिया १०० दिनभित्रै सुरु गर्ने ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएकी मन्त्री प्रतिभा रावलले सुरुवाती दिनदेखि नै सहकारी पीडितका मुद्दालाई प्राथमिकतामा राखेर कार्य गर्दै आएकी छन् । सहकारी पीडितलाई भेटेर उनीहरुसँग सुझाव माग्नेदेखि विज्ञहरुसँग छलफल गरी समाधान निकाल्न उनले सक्रियता देखाएकी थिइन् । तथापि उनले मन्त्रालय सम्हालेको ३० दिन नपुग्दै सहकारी पीडितका बचत फिर्ताको प्रक्रिया स्वरुप कार्यविधि पारित भई राजपत्रमा समेत प्रकाशन भइसकेको छ ।




प्रतिक्रिया दिनुहोस्