काठमाडौँ । अनामनगरस्थित धोविखोला कोरिडोर क्षेत्रमा निर्माण गरिएको चर्चित साततले घर अन्ततः भत्काइदैछ। मापदण्डविपरीत संरचना निर्माण गरिएको आरोपमा उक्त भवनमाथि लामो समयदेखि विवाद रहँदै आएको थियो।
बिज्ञापन
उक्त घरका धनी इन्द्र चाम्लिङ रहेको बताइएको छ। चाम्लिङ पछिल्लो समय श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसँग निकट सम्बन्धमा रहेको चर्चा छ।
बिज्ञापन
सम्बन्धित निकायले कोरिडोर क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने अभियानअन्तर्गत सो भवन भत्काइएको जनाएका छन्। यसअघि पनि उक्त क्षेत्रमा अनधिकृत रूपमा बनाइएका अन्य संरचनामाथि कारबाही गरिएको थियो।
स्थानीय प्रशासनले सार्वजनिक स्थान अतिक्रमण गरी बनाइएका भौतिक संरचनामाथि कडाइका साथ निगरानी तथा आवश्यक कारबाही जारी रहने स्पष्ट पारेको छ।




प्रतिक्रिया दिनुहोस्