काठमाडौं । कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा एक युवकको धारिलो हतियार प्रहारबाट हत्या भएको छ।
बिज्ञापन
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार विपिन घिमिरेमाथि बुधबार दिउँसो करिब साढे २ बजे धारिलो हतियार प्रहार गरिएको थियो। गम्भीर घाइते भएका उनलाई तत्काल उद्धार गरी कीर्तिपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।
बिज्ञापन
प्रहरी प्रारम्भिक अनुसन्धानअनुसार साथी–साथीबीचको विवादका क्रममा घटना भएको जनाएको छ। हतियार प्रहार गर्ने व्यक्तिको पहिचान भइसकेको र उनलाई चाँडै पक्राउ गरिने एसपी भट्टराईले जानकारी दिए।
“आरोपीको पहिचान भइसकेको छ, पक्राउका लागि हाम्रो टोली खटिएको छ,” उनले भने।
बिज्ञापन
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्