रास्वपाको संगठन विस्तार अभियान : चन्द्रागिरि–७ मा वडा अधिवेशन हुँदै

२०८३ जेष्ठ २, शनिबार २३:१०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चन्द्रागिरि नगरपालिका वडा नं. ७ को प्रथम वडा अधिवेशन जेठ ३ गते आइतबार आयोजना हुने भएको छ। अधिवेशन ग्रिनल्याण्ड ब्याङ्क्वेट, चेकपोष्टमा बिहान ७ः३० बजेबाट सुरु हुने जनाइएको छ।

बिज्ञापन

रास्वपाले अधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्ने तयारी गरिएको जनाएको छ। कार्यक्रममा पार्टीका शीर्ष नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहने एक नेताले बताए।

बिज्ञापन

अधिवेशनमा प्रतिनिधि सभाका सांसद प्रदीप बिष्टको समेत उपस्थिति रहने कार्यक्रम रहेको आयोजकले जनाएको छ। साथै, वडा तहको संगठन विस्तार, आगामी राजनीतिक रणनीति तथा स्थानीय जनसरोकारका विषयमा छलफल हुने बताइएको छ।

रास्वपाले वडा अधिवेशनमार्फत संगठनलाई अझ सुदृढ र सक्रिय बनाउने लक्ष्य लिएको जनाएको छ।

बिज्ञापन
२०८३ जेष्ठ २, शनिबार २३:१० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना