काठमाडौं । चन्द्रागिरी नगरपालिका वडा नं. ७ को राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा) को वडा अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। ग्रीनल्यान्ड पार्टी प्यालेसमा आयोजित अधिवेशनमा तुलसीराम सोती मगरको नेतृत्वमा ११ सदस्यीय वडा समिति गठन गरिएको हो।
बिज्ञापन
उक्त कार्यक्रममा (रा.स्व.पा) केन्द्रीय विभागका सदस्य अर्जुन अधिकारी र सोम तामाङ क्षेत्रीय सभापति, रामराजा थापा नगर सभापति जनार्दन केसी तथा विभिन्न वडाका वडा सभापतिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै पार्टीका शुभेच्छुक, समर्थक तथा स्थानीय नागरिकहरूको पनि बाक्लो सहभागिता रहेको थियोे।
बिज्ञापन
कार्यक्रममा नवनिर्वाचित समितिको शपथ ग्रहण क्षेत्रीय सभापति रामराजा थापाले गराउनुभएको थियो। शपथ ग्रहणपछि मन्तव्य व्यक्त गर्दै थापाले संगठन विस्तार र सुदृढीकरणमा जोड दिँदै समाजमा रहेका विकृति, विसंगति तथा भ्रष्टाचारविरुद्ध (रा.स्व.पा) सशक्त रूपमा लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो।


अधिवेशनकै अवसरमा पार्टी प्रवेश कार्यक्रमसमेत आयोजना गरिएको थियो। कार्यक्रममा विभिन्न सामाजिक व्यक्तित्वहरूले रास्वपा प्रवेश गरेका थिए। नवप्रवेशीहरूलाई स्वागत गर्दै नेताहरूले व्यक्तिगत पद, लोभ र स्वार्थभन्दा माथि उठेर सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्धको अभियानमा एकताबद्ध भएर पार्टीलाई अघि बढाउन आग्रह गरेका थिए।
अधिवेशनले वडा तहमा पार्टी संगठनलाई थप सक्रिय, व्यवस्थित र जनमुखी बनाउने विश्वास व्यक्त गरिएको छ।







प्रतिक्रिया दिनुहोस्