भक्तपुर । भक्तपुरमा आइतबारदेखि स्टार्टअप तथा नवप्रवर्तन उद्यमी विकास सम्मेलन सुरू भएको छ । भक्तपुर उद्योग वाणिज्य संघ को आयोजनामा एक दिनका लागि सञ्चालन गरिएको सम्मेलनमा २३ वटा नवप्रवर्तन उद्यमीले आफ्ना उत्पादन तथा सेवाहरू प्रदर्शनमा राखेका छन् । सम्मेलनले स्थानीय स्तरमा उद्यमशीलता र नवप्रवर्तन संस्कृतिलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।
बिज्ञापन
सम्मेलनमा ५ सयभन्दा बढी युवा व्यवसायी तथा उद्यमीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ । कार्यक्रममा सहभागी युवाहरूले आफ्ना नवीन सोच, प्रविधिमा आधारित उत्पादन तथा व्यवसायिक योजनाहरू प्रस्तुत गरेका छन् । सम्मेलनले युवाहरूलाई उद्यमशीलताप्रति आकर्षित गर्दै आत्मनिर्भर बन्न प्रेरित गर्ने विश्वास गरिएको छ ।
बिज्ञापन
संघका अध्यक्ष कृष्णमुरारी न्यौपाने ले सम्मेलनको मुख्य उद्देश्य स्टार्टअप तथा नवप्रवर्तन संस्कृतिको विकास गर्नु रहेको बताए । उनका अनुसार युवा उद्यमशीलतालाई प्रवर्द्धन गर्दै लगानी तथा बजार पहुँच विस्तारका लागि सम्मेलन महत्वपूर्ण मञ्च बन्नेछ ।
उनले नीति समन्वय तथा नवप्रवर्तनमैत्री वातावरण निर्माणका लागि सरकारी तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको पनि उल्लेख गरे । सम्मेलनमार्फत उद्यमी, लगानीकर्ता तथा नीति निर्माताबीच अन्तरक्रिया गराई नवीन व्यवसायिक अवसर सिर्जना गर्ने लक्ष्य राखिएको आयोजकको भनाइ छ ।
बिज्ञापन
कार्यक्रममा विभिन्न क्षेत्रका उद्यमी, व्यवसायी, विद्यार्थी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले यस्ता सम्मेलनले नयाँ सोच र व्यवसायिक सम्भावनालाई उजागर गर्दै स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाउन सहयोग पुग्ने धारणा व्यक्त गरेका छन् ।




प्रतिक्रिया दिनुहोस्