काठमाडौँ । झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान अवतरणका क्रममा रन–वेबाट चिप्लिएको छ । काठमाडौंबाट भद्रपुर उडान नम्बर ९०१ मा आएको 9N-AMF जहाज अवतरण गर्ने क्रममा रन–वेभन्दा केही बाहिर पुगेको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । विमानमा सवार ५१ जना यात्रु तथा ४ जना चालक दलका सदस्य सबै सुरक्षित रहेका छन् । […]

हेटौंडा । हेटौंडा–राप्ती पुल नजिकै रहेको ट्राफिक प्रहरी कार्यालय अगाडि मापसे (मादक पदार्थ सेवन) चेकजाँचका क्रममा एक ट्राफिक प्रहरी गम्भीर घाइते भएका छन्। मापसे चेकका लागि कार रोक्ने क्रममा चेकजाँचमा खटिएका ट्राफिक प्रहरीलाई सोही कारले करिब १० मिटरजति घिसारेर लगेपछि प्रहरी गम्भीर घाइते भएका हुन्। घटनापछि कार चालक कारसहित फरार भएका छन्। प्रहरीका अनुसार उक्त […]

काठमाडौँ । बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ हेलिकोप्टर चढेर वनभोज खान सिराहा पुगेको विषय यतिबेला सामाजिक सञ्जाल र मिडियामा चर्को आलोचनाको विषय बनेको छ। सिराहा कांग्रेसका सभापति रामचन्द्र यादवले अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजना गरेको पिकनिक कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री बानियाँ हेलिकोप्टरमार्फत सिराहा पुगेका थिए। उक्त वनभोज धनगढीमाई नगरपालिका–१४ स्थित सर्रेअम्बासमा आयोजना गरिएको थियो। मुख्यमन्त्री […]

काठमाडौ । राष्ट्रिय गाैरव “नेपाल नेशन्स अवार्ड”काे पहिलो संस्करण मंगलबार काठमाडौमा भव्य रुपमा सम्पन्न भएको छ । काठमाडौकाे बालजु स्थित अनुपम पार्टी भेन्युमा प्रदेश सभा सदस्य एवम् सरकारका पुर्व कृषि राज्य मन्त्री राधिका तामाङकाे सम्बाेधनमा सम्पन्न भएको हाे । मन खुसी फाउन्डेसन बागमती प्रदेश र करण ड्रिम्श फाउन्डेसनकाे अायाेजनामा रहेको कार्यक्रममा उर्जा तथा जलस्रोत मन्त्रालय, […]

काठमाडौँ । चन्द्रागिरी हिल्सद्वारा अनाधिकृत तरिकाले नियम–कानुनको खिल्ली उडाउँदै स्थानीय सरोकारवाला निकाय तथा बासिन्दासँग कुनै पनि प्रकारको संवाद नगरी चन्दगिरी हिल्सले एकतर्फी रूपमा अनधिकृत संरचना निर्माण गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका चन्दगिरी नगर सभापति, सहित विभिन्न राजनीतिक दलका नेताकार्यकर्ता तथा स्थानीयवासीहरूले आज चन्दगिरी हिल्स क्षेत्रमा स्थलगत निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा संरचना निर्माणका नाममा वन […]

सुलैमानिया (इराक), तमाङ भाषा, धर्म, संस्कार, संस्कृति तथा भेषभूषाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाल तमाङ घेदुङ कुर्दिस्तान–इराक ले आगामी सोनाम ल्होछार २०२६ लाई भव्य रूपमा मनाउने तयारी तीव्र बनाएको छ। सन् २०१८ मा स्थापना भएको नेपाल तमाङ घेदुङ कुर्दिस्तान–इराकले तमाङ समुदायबीच एकता मजबुत बनाउँदै मौलिक पहिचानको जगेर्ना गर्दै आएको छ। यही अभियानलाई निरन्तरता […]

काठमाडौँ । देशको मौसममा अहिले पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ। शनिबार दिउँसो तराई क्षेत्रका अधिकांश भू–भागमा हुस्सु र कुहिरो कायम रहने अनुमान गरिएको छ। यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशसहित गण्डकी र लुम्बिनी […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट खस आर्य समानुपातिक समूहमा फर्पिङ–दक्षिणकाली निवासी तथा नेपाली सेनाका पेन्सन प्राप्त विष्णु थापाले उम्मेदवारी दर्ता गराएका हुन्। थापा विगत लामो समय नेपाली सेनामा रहेर स्वदेश तथा विदेशका विभिन्न मिसनमा सहभागी हुँदै आएका अनुभवी व्यक्ति हुनुहुन्छ। सेनामा रहँदा विभिन्न देशमा काम गर्ने क्रममा उहाँले अन्तर्राष्ट्रिय राजनीतिक प्रणाली, शासन […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इसाई धर्मावलम्बीहरूको महान् पर्व क्रिसमसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक शुभकामना व्यक्त गरेको छ। रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको शुभकामना सन्देशमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गरिएको छ। सन्देशमा नेपाल बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषतायुक्त देश भएको उल्लेख गर्दै यहाँ […]

काठमाडौँ । आज क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ श्रद्धा, उत्साह र उल्लासका साथ मनाउँदैछन्। आजभन्दा करिब दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको धार्मिक विश्वास रहिआएको छ। पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले मानव जातिलाई मुक्ति, प्रेम […]