“नेपाल नेशन्स अवार्ड २०२५” भव्य सम्पन्न

२०८२ पुष १६, बुधबार २१:४७

काठमाडौ । राष्ट्रिय गाैरव “नेपाल नेशन्स अवार्ड”काे पहिलो संस्करण मंगलबार काठमाडौमा भव्य रुपमा सम्पन्न भएको छ । काठमाडौकाे बालजु स्थित अनुपम पार्टी भेन्युमा प्रदेश सभा सदस्य एवम् सरकारका पुर्व कृषि राज्य मन्त्री राधिका तामाङकाे सम्बाेधनमा सम्पन्न भएको हाे । मन खुसी फाउन्डेसन बागमती प्रदेश र करण ड्रिम्श फाउन्डेसनकाे अायाेजनामा रहेको कार्यक्रममा उर्जा तथा जलस्रोत मन्त्रालय, युवा तथा खेलकुद मन्त्रलय, चन्द्रागिरी नगरपालिका, बेलकाेटगढी नगरपालिका र राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेशसँगकाे समन्वयमा अवार्ड सम्पन्न भएको छ ।




कार्यक्रममा विशेष अतिथिहरुमा बेलकाेटगढी नगरपालिका मेयर जगत बहादुर लामा, मनखुसी फाउन्डेसनका संस्थापक साथै राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गायक मान बहादुर तामाङ, राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय अध्यक्ष चर्चित गायक प्रकाश कटुवाल, बरिस्ठ कराँते अन्तर्राष्ट्रिय प्रशिक्षक ध्रुव बिक्रम मल्ल, विश्व किर्तिमानी नायिका छिरिङ शेर्पा, युवा व्यवसायी गणेश खड्का , अमित थेवे, निर्देशक तथा समाजसेवी मेख बहादुर गुरुङ, निर्देशक राज किङ वाईबा लगायतको विशेष उपस्थिति रहेको थियोे । नेपाल नेशन्स अवार्ड, मनखुसी फाउन्डेसन बागमती प्रदेश र करण ड्रिम्श फाउन्डेसनकाे अध्यक्ष करण तामाङ र अवार्ड कार्यक्रमकाे सभापतिमा दिनेश तामाङ रहेको छ । अवार्ड विजेता हुनेहरुमा
मातृभाषाकाे गीतबाट सर्वाेत्कृष्ट माेडलमा मरिया तामाङ,
मातृभाषा चलचित्रकाे उत्कृष्ट नायिकामा छिरिङ शेर्पा, सर्वाेत्कृष्ट समाजसेवी महिला तर्फ सुनिता लामा र अाशिका तामाङ, टेलिसिरिय कलाकारमा बुहारी सिरियलबाट अनिता बैजु कमला, नेपाली मेलाेडिज लाेक गीत गायकमा अशाेक तामाङ, हप्किडाे राईजिङ स्टारमा विशाल थापा, तामाङ म्हेन्दाेमाया गायिकामा फुलमाया तामाङ, म्हेन्दाेमाया गायिकामा लक्ष्मी स्याङ्तान, नेपाली चलचित्र तर्फ बुद्धि तामाङ, लाेक गीत निर्देशकमा भुपेन्द्र रिखाम मगर, भाषाभाषी एवम् मातृ भाषाकाे गीतकाे माेडलमा छिरिङ शेर्पा, लाेक गीत गायिकामा जानुका तामाङ, लाेक काठे तथा दाेहाेरी गीत गायिकामा अर्चना स्याङ्तान लामा, तामाङ सेलाे गीतकाे माेडलमा सुमि दाेङ, तामाङ सेलाे नव माेडलमा डाेमसाङ तामाङ, हप्किडाे खेल जुनियर स्टारमा ज्यासन जे एम, उत्कृष्ट शब्द संकलन लाेक गीत तर्फ कान्ति जाेशी, पप गीत गायकमा केदान नेपाली, तामाङ गीत गायकमा प्रकाश वाईबा, काठे गीत गायिकामा सुसिला लामा, लाेक तथा काठे दाेहाेरी गीत गायिकामा रिता लामा, लाेक तथा दाेहाेरी गीत माेडलमा सरस्वती तामाङ, तामाङ चलचित्र कलाकारमा सिर्जना तामाङ, उत्कृष्ट व्यवसायमा सामना देवकोटा साईलीकाे बुटिक अमेरिका, उत्कृष्ट ब्युटिसियनमा एकता भण्डारी र पायल माया बुढाथाेकी, तामाङ सेलाे माेडलमा सन्जय तामाङ, चाडपर्वका गीत गायिकामा रजनी लामा, लघुचलचित्र कलाकारमा सनिता स्याङ्तान तामाङ, नव लाेक गायिकामा सलिना माेक्तान, नेपाली चलचित्र गीत गायकमा सगुन गुरुङ, चलचित्र निर्देशकमा पहिचान चलचित्र बाट भिम लामा, समाजसेवी पुरुष तर्फ फुर्वा दाेर्जे माेक्तान, म्हेन्दाेमाया गायकमा मिलन एस वाईबा, नव म्हेन्दाेमाया गायिकामा सुस्मिता तामाङ, नव लाेक गायिकाहरुमा मिना राईमाझि, माया कार्की, पप तथा माेडर्न गीत गायिकामा नविना सिलवाल खुईली, उत्कृष्ट मेहेन्दी कलाकारमा प्रमाेद शाह, तामाङ गीत माेडलमा राेजिना तामाङ, उत्कृष्ट नायक दयाहाङ राई, तामाङ सेलाे गीत गायीकामा बिमला लामा, नव गायक काठे गीतबाट बिमल गुरुङ, काठेगीत माेडल तर्फ इन्द्रमान घलान, सुर्य बहादुर कठाया, शिभ श्रेष्ठ, म्युजिक भिडियो उत्कृष्ट निर्देशकमा उमेश कार्की, उत्कृष्ट शब्द शंकलनमा लक्ष्मी राई कुसुम, उत्कृष्ट संगीतमा कुमार लामा, नव गायक काठे गीतबाट भिमसेन दहाल लगायत अवार्ड विजेता बनेका छन् ।
कार्यक्रम सफल बनाउनका लागि उपस्थित प्रत्यक्ष एवम् अप्रत्यक्ष रुपमा माया साथ समर्थन गर्ने सबैलाई कार्यक्रमका अध्यक्ष दिनेश तामाङ र अवार्डका अध्यक्ष करण तामाङले धन्यवाद व्यक्त गरेका छन् ।

बिज्ञापन

बिज्ञापन

२०८२ पुष १६, बुधबार २१:४७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि रामारोशन गाउँपालिकाका निमित्त प्रमुखको आर्थिक तथा प्रशासनिक अधिकार मन्त्रालयद्वारा रद्द

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

लाहानमा प्रहरीको अपरेसन : गोली चलाएर ६ लागूऔषध कारोबारी पक्राउ, २२५ ग्राम खैरो हिरोइन बरामद

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने

नागढुङ्गा सुरुङ मार्ग सञ्चालनअघि सुरक्षा, उद्धार तयारी र स्थानीय समस्यामा ध्यान दिन सांसद प्रदीप बिष्टको आग्रह

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना