व्यवसायीले दसैँका लागि काठमाडौं उपत्यकामा ५० हजार खसी–बोका र च्यांग्रा आपूर्तिको व्यवस्था मिलाएका छन् । त्यस्तै, १२ हजार च्यांग्रा उपत्यका भित्रिसकेका छन् भने खसी–बोका दैनिक रूपमा आपूर्ति भइरहेको व्यावसायिक बाख्रापालक महासंघका अध्यक्ष गोविन्द सुवेदीले जानकारी दिए ।
बिज्ञापन
उनका अनुसार प्युठान, सल्यान, जाजरकोट, रुकुम, रोल्पा, दाङ, बर्दिया, मधेशका आठै जिल्ला हुँदै पूर्वी पहाडी क्षेत्रबाट खसी–बोका काठमाडौं आपूर्ति भइरहेको छ । दैनिक १०–१२ गाडी खसी–बोका आयातको प्रबन्ध मिलाइएको उनले जानकारी दिए । ‘यहाँको मागअनुसार करिब ५० हजारको संख्यामा खसी–बोका आपूर्ति हुने गरी व्यवस्थापन मिलाइएको छ,’ उनले भने । काठमाडौंमा तराई र पहाडी क्षेत्रका खसी–बोकाको उच्च माग भएकाले किसानको खोरबाटै खरिद गरेर ल्याइरहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्