कीर्तिपुरमा ‘स्वतन्त्र स्वयंसेवक’द्वारा त्रिभुवन विश्वविद्यालय परिसरमा सरसफाई अभियान

२०८२ आश्विन २५, शनिबार १९:३८

काठमाडौं, कीर्तिपुर,स्वच्छ वातावरण,हाम्रो अभियान” भन्ने नारासहित स्वतन्त्र स्वयंसेवक टिमले आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरको बगैंचामा सरसफाई अभियान सञ्चालन गरेको छ।

बिज्ञापन

सोही अभियानमा समाजसेवी बुद्धिजीवी तथा स्थानीय बासिन्दाको सक्रिय सहभागिता थियो। कार्यक्रममा सहभागिहरूले विश्वविद्यालय परिसरभित्रका फोहर संकलन गरी प्लास्टिकजन्य वस्तुहरूको उचित व्यवस्थापन गरेका थिए। भने अभियन्ता समाजसेवी कान्छी माया तामाङले खाजको व्यवस्थापन साथै स्थानीय समाजसेवी धर्म महर्जनले पानी र चाउचाउ दुई कार्टुन अभियानका टिमलाई हस्तान्तरण गरेका थिए।

बिज्ञापन

यद्यपि उक्त अभियानका प्रतिनिधिले सरसफाई अभियान निरन्तर रूपमा विभिन्न स्थानमा सञ्चालन गर्ने योजना रहेको बताएका छन्। उनीहरूले स्वच्छ र हरियो वातावरणका लागि सबै नागरिकको सहभागिता आवश्यक रहेको समेत बताएका छन्।

बिज्ञापन
२०८२ आश्विन २५, शनिबार १९:३८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना