काठमाडौँ: काठमाडौँको चन्द्रागिरि नगरपालिकामा निर्माणाधीन सुरुङमार्ग अहिले अन्तिम चरणमा पुगेको छ। आज बेलुकाको दृश्यमा सुरुङ वरिपरि शोन्दर्यकरण र फिनिशिङका काम तीव्र गतिमा भइरहेको देखिन्छ।
बिज्ञापन
नागढुंगा–सिस्ने खोला सुरुङमार्ग अन्तर्गत पर्ने चन्द्रागिरि क्षेत्रमा फ्लाइओभर र प्रवेशद्वार नजिक दुबो रोप्ने, बत्ती जडान गर्ने र सडक छेउछाउमा पर्खाल रंगाउने कार्य भइरहेको छ। निर्माण कम्पनीका इन्जिनियरका अनुसार अब केही दिनभित्र अन्तिम परीक्षण सम्पन्न गरी मार्ग सञ्चालनमा ल्याउने तयारी भैरहेको बताए ।
बिज्ञापन
स्थानीय बासिन्दाहरूले सुरुङमार्ग सञ्चालन भएपछि काठमाडौँ प्रवेश र निस्कने यात्रामा सहजता आउने आशा व्यक्त गरेका छन्।
उनीहरूका अनुसार, पहिले झैँ नागढुंगाको भीडभाड र धुलो–धुवाँबाट छुटकारा मिल्ने पनि बताए ।
सुरुङमार्ग सञ्चालनमा आएपछि दैनिक हजारौं सवारीसाधनले छोटो समयमा यात्रा गर्न सक्नेछन्। अहिलेको दृश्यले सुरुङमार्ग औपचारिक उद्घाटनको नजिक पुगेको संकेत दिएको छ।
प्रतिक्रिया दिनुहोस्