काठमाडौं ।
बिज्ञापन
विदेशतिर कमाउन गएका बिपिन पनि कति सपना बुनेका होलान् — उज्यालो भविष्यको, परिवारको खुसीको र एकदिन आफ्नो माटोमा केही गरेर देखाउने आकांक्षाको। तर, ती सबै सपना आज बाकसमा बन्द भएर नेपाल फर्किएका छन्।
बिज्ञापन
कति पीडादायी दृश्य! विमानस्थलमा उनका परिवारजनका आँखा रसाएका छन्, बिपिनको शरीर निर्जीव बनेर आफ्नो जन्म भुमिमा फर्किएको छ।
विदेशिएका हरेक नेपाली युवाको कथा यस्तै हुन्छ—श्रम, पसिना र आशाको भारी बोकेर देश छोड्ने, अनि कहिले खबर नआउने, कहिले बाकसमा फर्कने।
बिज्ञापन
के अब हामी नेपालीहरू यस्तै बाकसमा फर्किनु पर्ने नियतिमा बाँधिएका छौं?
के आफ्नै देशमा परिवारसहित बस्ने, इमानदार श्रम गरेर जीवन चलाउने अधिकार हामीसँग छैन?
देशको अर्थतन्त्र यही श्रमिक युवाको पसिनामा अडिएको छ, तर नियतिको कठोर खेल यति बेरङ्ग छ कि—जुन देशका लागि तिनीहरूले रगत बगाए, त्यही देशमा तिनका सपनाले सास फेर्न पनि पाउँदैनन्।
अब समय आएको छ — विदेशको सपना होइन, आफ्नै माटोमा सम्भावनाको खोजी गर्ने। ताकि अर्को बिपिन बाकसमा होइन, गर्वका साथ, मुस्कानसहित आफ्नै देश फर्कियोस्।
संवाददाता= गङ्गालाल रिमाल



प्रतिक्रिया दिनुहोस्