काभ्रे — “स्वतन्त्र स्वयंसेवक अभियान” ले आज काभ्रेको पनौतीस्थित एक विद्यालयमा अध्ययनरत १५ जना अनाथ बालबालिकालाई स्टेसनरी सामग्री तथा जाडोका लुगा वितरण गरेको छ।
बिज्ञापन
सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रमका क्रममा बालबालिकालाई नोटबुक, कलम, स्कुल ब्यागलगायत शैक्षिक सामग्री र जाडोका कपडा हस्तान्तरण गरिएको मदन थामीले समष्टि नेपाल मिडियालाई जानकारी दिए।
बिज्ञापन
कार्यक्रममा स्थानीय,अभिभावक तथा स्वयंसेवकहरूको सहभागिता रहेको थियो। अभियानले यस्ता सहयोगात्मक कार्यक्रम देशभर निरन्तर सञ्चालन गर्ने उनले बताए।

बिज्ञापन




प्रतिक्रिया दिनुहोस्